कक्षा–११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक

प्रकाशित मिति: २९ पुष २०७४, शनिबार १६:३१  


राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए। यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ।
बिषयगत ग्रेड मात्रै गरिएको बतासले बताए। एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन ।
९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक

ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।
बतासका अनुसार डी प्सल वा त्यो भन्दा मुनी कुनै एक बिषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृद्धि परीक्षा दिन पाउने छन्।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....

 

 

© 2017 www.nqkhabar.com, All Rights Reserved, Design By: www.ekumar.com.np