नमुना गाउँ बन्दै शान्तिपुुर

प्रकाशित मिति: ४ माघ २०७४, बिहीबार १८:२२  

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल पूर्ण सरसफाइको नमुुना टोल हुने अन्तिम चरण पुुगेको छ । सो टोललाई एकिकृत विकास समाज नेपाल (आईडिएस नेपाल), जिएसएफ /यूएन हेबिटेट र मायुस नेपालले सो टोलमा केही महिना अगाडिदेखि पुर्ण सरसफाईको अभियान सन्चालन शुुरु गरेका थियो । २०७० सालमा बर्दिया जिल्ला खुला दिशामुुक्त जिल्ला घोषणा समेत भईसकेको छ ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि सो प्रगति टोलका स्थानीय बासिन्दा जस्ले आफनो घर, आँगन र बाटो पूर्ण सरसरफाई राखेका थिए उनीहरुलाई ज्याकेट र टिर्सट उपहार दिएर सम्मान गरिएको छ । सम्मानित हुुनेहरुमा प्रगति टोलका लाल बहादुुर परियार र कमला सुनार रहनुुभएको छ । सो कार्यक्रमको प्रमुुख अतिथि जिल्ला समन्वय समिति, बर्दियाका संयोजक शंकरप्रसाद थारुले सरसफाई गर्नुु आफैमा एक सभ्यताको प्रतिक हो र यस्ता किसिमका अभियानहरुलाई स्थानीय तहले साथ दिनुु पर्नेमा जोड दिनुुभयो ।
त्यसै गरि विशिष्ठ अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुुर श्रेष्ठले सरसफाई जस्तो कुुरा जो मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने र सरोकारकारको विषय भएकोले यस्ता प्रकार सरसफाई अभियानहरुलाई आफुु र आफना मातहतबाट हुुन सक्ने सहयोग सक्रिय भएर गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुु भयो ।

सोही क्रममा वडा नं.१ का वडा अध्यक्ष शेर बहादुुर थापामगरले बर्दिया जिल्लाको सुुरुवाती चरणमा आफनै वडाबाट भएकोमा खुुशी ब्यक्त गर्दे यस वडालाई जिल्लाकै पूर्ण सरसफाई वडाको रुपमा पहिलो वडा बनाउने उद्धेश्यले आफुु अधि बढ्ने र यस बढैयाताल गाउँपालिकालाई नै चरणबद्ध रुपबाट पूर्ण सरसफाई घोषणा गर्न अगाडि बढ्ने बताउनुुभयो । टोल सरसफाई समितिका अध्यक्ष मनुु बिसीलाई संस्थाले कार्यालय प्रयोजनका लागि सामग्री र प्रशंसापत्र समेत प्रदान गरेर थप हौशला प्रदान गरेको छ ।
जिएसएफका प्रोगाम म्यानेजर सुुधा श्रेष्ठले यस शान्तिपुुरको प्रगति टोल छिट्टै नै पूर्ण सरसफाई नमुुना टोलको घोषणा हुुन लागेकोले यस टोललाई अवलोकन र भ्रमण गर्दा अन्य जिल्लामा पनि यस्तो किसिमको सकारात्मक सन्देश जाने हुुदाँ यो अवलोकन भ्रमण गराइएको जानकारी दिनुुभयो ।
सो पूर्ण सरसफाई समितिका सचिव कविराम सुुुनारले सरसफाई प्रगतिप्रतिवेदन प्रस्तुुत गर्दै पूर्ण सरसफाईको लागि सरसफाई कोष खडा गरिएको जानकारी दिनुु भयो । सो कार्यक्रममा आईडिएस नेपालका कार्यकारी निर्देशक, बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतम, मायुुस नेपालका अध्यक्ष ससिराम विक, वडा नं.२ का वडा अध्यक्ष काजिमान सुुनार, श्री जगदम्बिका आधारभुुत विद्यालयका प्राधनाध्यापक तुुल बहादुुर बुुढा, भुुतपूर्व शिक्षक तिलक मल्ल, कृयटिभ युुथ ग्रुुपका अध्यक्ष बिरेन्द्र थापा क्षेत्री सहित स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । सो प्रगति टोलको अवलोकन गर्न भक्तपुुर, बाजुुरा र अर्घाखाची जिल्लाका स्थानीबासीहरु आएका थिए । सो शान्तिपुुरको प्रगतिटोलमा जम्मा ३८ घर रहेको छ ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....