बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु

बिभिन्न बिधाका १३ पुस्तक बिमोचन

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार १७:५३  

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ, जंग्रार साहित्यिक बखेरी र बढैयाताल गाउँको संयुक्त आयोजनामा शुक्रबार देखि मेला शुरु भएको होे । मेलाको उदघाटन सत्रमा बिभिन्न बिधाका १३ पुस्तक बिमोचन गरीएको छ । मेलामा थारु भाषा र थारुहरुको बिषयमा लेखीएका पुस्तकको स्टल पनि राखीएको छ ।

मेलामा थारु लोक कथा समालोचनात्मक दृष्टि, आख्यान लेखन र रचनागर्भ, थारु भाषा सरकारी कामकाजको भाषाः चुनौति र सम्भावना, महिला लेखक नेतृत्व विकास र चुनौति बिषयमा पहिलो दिन अन्तरकृया गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्यहरु तिलक शर्मा हिमाल, कबीराम थारु, प्राज्ञ हरि प्रसाद तिमिल्सेना, कथाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, जिल्ला समन्वय अधिकारी बिस्वमित्र कुईकेल,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ, साहित्यकार किरण आचार्य, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल,नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु गैससका बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सना लगाएतको उपस्थिति रहेको थियो ।

थारु भाषा सरकारी कामकाजको भाषाः चुनौति र सम्भावनाका बिषयमा बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी, बारबर्दिया नगरप्रमुख दुर्गाबहादुर थारु र बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ सहभागि भएका थिए । मेलामा २२ जिल्लाका करीब ५ सय साहित्यकार तथा थारु बुद्धीजिविहरु भेला भएका छन् । यस अघी पहिलो मेला दाङ, दोश्रो मेला कैलालीमा भएको थियो ।

मेला भोली शनिबार सम्म चल्ने छ । शनिबार बर्दियाको बिकास संभावना र चुनौती, स्थानिय निकाय र थारु प्रथाजनित संगठनको सम्बन्धका बिषयमा छलफल हुने जंग्रार साहित्यिक बखेरीका सोम डेमनडौराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....