नेपालगन्जमा प्रादेशिक महोत्सव २०७४ सुरु

बाँकेलाई अन्याय हुन दिन्न : प्रचण्ड

प्रकाशित मिति: ११ माघ २०७४, बिहीबार १२:३८  

माघ ११, बाँके /प्रादेशिक महोत्सव २०७४ को नेपालगन्जमा भब्य समारोहका बिच उद्घाटन गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भब्य समारोहका बिच महोत्सवको उद्घाटन गरेका हुन । आगामी माघ २२ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै प्रचण्डले नेपालगन्ज ऐतीहासिक महत्वको शहर रहेको बताए । उनले संघिय संरचनाका आधारमा प्रदेश राजधानी बिभाजनमा केही समस्या देखापरेको उल्लेख गर्दै बाँकेवासीलाई अन्याय हुन नदिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।
संघियतामा शक्ति बाँडफाँड अनिवार्य रहेकाले सबै सुविधाहरु एकै ठाँउ राख्न नमिल्ने भएपनि बाँकेमा रहेका पुर्वाधारहरुलाई अन्यत्रै लानेमा आफु सहमत नरहेको प्रचण्डले दाबी गरे । विकासकालागी राजधानी बाधक नहुने भन्दै प्रचण्डले राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरीने बताए ।

देशमै पहिलो पटक प्रादेशिक महोत्सव संचालन गरीएकोप्रति खुसी ब्यक्त गर्दै प्रचण्डले भने, ‘मेरै कार्यकालमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकार प्रदान गरीएको १० बिगाहा जग्गामा बहुउद्धेश्यीय सभागृह निर्माण गर्ने कुराले निकै उत्साही भएको छु, त्यसकालागी अब बन्ने बाम गठबन्धनको सरकारले विशेष पहल गर्ने छ ।’महोत्सवमा सहभागी हुन बाँके आएकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बाँकेलाई औद्योगीक राजधानीको रुपमा विकास गरिनुपर्नेमा जोड दिईन । आर्थिक सम्बृद्धिकालागी स्थायी सरकार आवश्यक रहेको भन्दै कार्यक्रमको विशिष्ट अतिथि समेत रहेकी राणाले अव बन्ने सरकारले आर्थिक सम्बृद्धिकालागी औद्योगीक क्षेत्रको विकासमा विशेष पहल गर्नुपर्ने बताईन ।
महोत्सवको उद्घाटन अघि नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्ति सहितको कलश यात्रा निकालिएको थियो । कलश यात्रा सहितको र्याली नगरका बिभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । र्यालीमा बिभिन्न उद्योगी, ब्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरु ब्यानर सहित सहभागी भएका थिए । महोत्सव उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो ।
११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका
छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।
महोत्सवलाई ब्यवस्थितरुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरीएको छ ।
महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने छ ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....