महोत्सवमा सुशासन तथा सूचनाको हक परामर्श शिविर

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार १५:१२  

नेपालगन्ज २२ माघ । नेपालगन्ज प्रादेशिक महोत्सवमा सुशासन तथा सूचनाको हक शिविर सञ्चालन सम्पन्न भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत महोत्सवको १७ नं. स्टलमा सुशासन तथा सूचनाको हक परामर्श शिविर सञ्चालन गरेको थियो ।
शिविरमा सुशासन र सूचनाको हकका विषयमा विभिन्न जानकारी तथा आवश्यक परामर्श दिने कार्य भईरहेको केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । सार्वजनिक निकायमा सुशासनको पालना तथा प्रभावकारी व्यवस्थापनका लागि सूचनाको अधिकार महत्वपुर्ण औजार भएकाले यसको उपयोगिता बढाउनका लागि शिविर आयोजना गरिएको हो ।
शिविरमा सुशासन, सूचनाको हक, मानव अधिकार लगायत विभिन्न जानकारीमुलक पुस्तक, सन्दर्भ सामाग्रीको समेत प्रदर्शनी गरिएको छ । शिविरमा मौखिक तथा अडियोमार्फत सूचनाको प्रयोग, महत्व, उद्देश्य, सूचना माग्ने निवेदनको ढाँचा तथा उपलब्धीका विषयमा जानकारी गराइएको आईएचआरसीका कार्यकारी निर्देशक तथा सूचना अधिकारी राकेश मिश्रले जानकारी दिनुुभयो । १००० बढी नागरिकले अवलोकन गरि सूचनाको हकको बारेमा जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....