प्रादेशिक महोत्सव सम्पन्न

नेपालगन्ज आर्थिक हब बन्ने ः शंकर पोख्रेल

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार १५:३९  

माघ २२, बाँके /नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ सम्पन्न भएको छ । सोमबार बिशेष कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको हो । महोत्सव समापन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज आर्थिक क्षेत्रको हव बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँमा विकास नरोकिने उल्लेख गरे । उनले नेपालगन्ज क्षेत्रको आर्थिक विकासका लागि सकेको गर्ने पनि बताए । सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले राज्यले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । लगानीमैत्री वातावरणको खाँचो रहेको औल्याउँदै ढकालले अब बन्ने सरकारले स्थीरताको वातावारण सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यले महोत्सव उत्साहजनक तरिकाले सम्पन्न भएको बताए । महोत्सवलाई सफल बनाउन सहयोग गरेको भन्दै अध्यक्ष बैश्यले सबैलाई धन्यबाद दिए । उनले महोत्सवको लक्ष्यलाई पुरा गरि छाड्ने प्रतिवद्धता समेत ब्यक्त गरे । शुभकामना मन्तब्य व्यक्त गर्दै संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले महोत्सवले नेपालगन्जलाई चिनाउन सहयोग गरेको र संघीय नेपालमा नेपालगन्जलाई महत्वपुर्ण स्थानमा पु¥याउने प्रतिक्रिया दिए । सो अवसरमा महोत्सव कार्यान्वयन समिति, बिभिन्न उपसमितिका संयोजक, सदस्य एवं पाहुनाहरुलाई धन्यबाद सहित मायाको चिनो प्रदान गरीएको थियो ।
साथै ३ सय २१ स्टल रहेका उक्त महोत्सवमा २ करोड बढिको कारोबार भएको अनुममान गरीएको छ । १ लाख बढि दर्शकले अवलोकन गरेको उक्त महोत्सवबाट १ करोड बचत गर्ने लक्ष्य लिईएको छ । यद्यपी अझैं यकिन विवरण आउन बाँकी रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । यसैबिच महोत्सवको अन्तिम दिन सोमबार हाँस्य कलाकार दमन रुपाखेतीले महोत्सवमा आएका पाहुना तथा दर्शकहरुलाई हँसायका थिए । आयोजकको विशेष निम्तामा नेपालगन्ज आएका दमनले दर्शकहरुका साथै सम्पूर्ण अतिथिहरुलाई हाँस्य ब्यङ्ग्यको खुराक पस्कीएका थिए ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....