बढैयाताल गाउँपालिका वडा नं. ६ मा (LDAG) समुुह गठन

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार १५:५६  

बर्दिया २१ माघ /बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.६ मैनापोखरमा सुुशासन र जवाफदेहिताको बारेमा युुवाहरुले रेडियो सुुन्ने छलफल गर्ने कार्य समुुह(LDAG)गठन गरिएको छ । एफएचआई३६० र युएसआईडिको सहयोगमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्र नेपालगन्ज बाँके र ईक्वेल एक्सेसको सहकार्यमा सो समुुह गठन भएको हो । पारस्परिक जवाफदेहिता परियोजना अन्तगर्त सन्जिता कुुमारी चौधरीको अध्यक्षतामा १५ सदस्यीय (LDAG)गसमुहको गठन गरिएको हो । जसमा उपाध्याक्षमा सन्तोष कुुमार थारु, सचिवमा सुुनिता थारु र सहजकर्तामा सनिता थारु चयन हुुन भएको छ भने अन्य सम्पुुर्ण सदस्य रहनुु भएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना तथा सो समुुहको काम र कर्तब्य बारेमा सुचना र मानब अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोमबहादर गुरुङ र सामुुदायिक सन्चारकर्मी अनोज थारुले युुवा विच छलफल गरी जानकारी गराउनु भएको थियो । सो समुुहमा वडा नं.६, मैनापोखरका १५ जना युुवाको सहभागीता रहेको थियो ।
यस किसिमका समुुह गठन हुुदाँ स्थानीय युुवाका सरोकारका विषयमा सवाल उठाउन सजिलो हुुने र युुवाको सवालमा खुुलेर कार्य गर्न योजना बनाउन सफल भइने सो समुुहका सहजकर्ता सनिता थारुले बताइन् । नव गठित समुुहका अध्यक्ष संजिता कुुमारी चौधरीले स्थानीय समस्या एकै ठाउमा बसेर रेडियो कार्यक्रम साझा बोली सुुन्ने र छलफल गर्ने र कसरी समाधानको उपाय निकाल्ने भन्ने बारे पृष्ठपोषण दिन सकिने साझा चौतारीको रुपमा (LDAG )को विकास हुुने बताइन् ।
बढैयाताल गाउँपालिका वडा नं.६का वडा अध्यक्ष रामहर्ष थारुको प्रमुुख अतिथिमा सो समुह गठन भएको थियो । वडा अध्यक्ष रामहर्ष थारुले युुवाहरु सचेत र सजग भई विकासको बाटोमा लाग्नुु पर्नेमा जोड दिनुुभयो साथै सुुशासन कायम गर्न युुवाहरुको प्रमुुख दायित्व रहेको बताउनुुभयो । सो कार्यक्रममा आवाज संस्थाका कार्यक्रम अधिकृत गंगा श्रेष्ठ र सामाजिक परिचालक सुुन्दर चौधरीको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....