जवाफदेहिता बनाउन सूचनामा पहुुँच हुुनुु पर्ने

प्रकाशित मिति: २८ माघ २०७४, आईतवार ०९:५७  

विजय वली, माघ २७ बर्दिया/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा आज शिक्षा, स्वास्थ्य र कृषिको विषयमा बृहत छलफल भएको छ । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुुर्गा प्रसाद पराजुुलीले आफनो वडामा रहेका सम्पूर्ण सामुुदायिक विद्यालय तथा विकासका निर्माणको अनुुगमन भईरहेको र आफू पनि लामो समयदेखि विद्यालय ब्यवस्थापन समितिमा रहेकोले शिक्षा क्षेत्रलाई गम्भिर रुपमा हेरेको बताउनुु भयो । त्यसै गरि सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले भर्खरै आएको स्थानीय सरकार सन्चालन ऐन २०७४, जेष्ठ नागरिकको अधिकार र सूचनाको हकको बारेमा जानकारी गराउनुुभएको थियो । साथै उहाँले स्थानीय तहलाई जवाफदेहिता बनाउन प्रत्येक नागरिकहरु सूचनामा पहुुँच हुुनुु पर्नेमा जोड दिनुुभयो । सो बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरि समाधानका उपायका पहिल्याउन सम्बन्धित विषयमा ३÷३ सदस्यीय अनुुगमन समिति समुह गठन समेत गरिएको छ । सो समहले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको अध्ययन गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
साथै सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, कार्यालयको सकृयतामा गठन भएको स्थानीय सभाका संयोजक हरि बहादुुर घर्तीले सबै नागरिक समाज लागेर आफनो स्थानीय ठाउँलाई सुुशासनमय बनाउनुु पर्ने बताए । त्यसैगरि नवनिर्वाचित महिला वडा सदस्य चन्द्रकला विक, जनजागरण महिला संघका अध्यक्ष गोमा पौडेलले सबै भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमामा जोड दिनुु पर्ने र शिक्षाको क्षेत्रमा सुुधार ल्याउनुु पर्ने आवश्यक्ता रहेको बताउनुुभयो । प्राथमिक स्वास्थ्य केन्द्रका रामदास थारुले स्वास्थ्य केन्द्रमा औषधी भने जति नभएको र एमबिबिएस डाक्टर नभएकोले अलि समस्या भएको बताए ।
यस स्थानीय सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरुको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासंग समन्वय र सहकार्य गरि कार्यमा प्रभावकारिता बनाउन पहल गर्दछ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सो स्थानीय सभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका योजना वनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका प्रोगाम म्यानेजर रविन्द्र कुुमार ज्ञवालीले बताए ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो । सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याहरुको पहिचना गरी सो त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरु जिल्लामा गठन भएको सार्वजनिक तथा नीजि समूहमा छलफल गरिनेछ । आगामी बैठकमा सो स्थानमा रहेका सम्पूर्ण शिक्षा, स्वास्थ्य र कृषि र विपत ब्यवस्थापनको. विषयमा छलफल गरि समाधान गर्ने यदि समाधान नभए जिल्ला तहमा सवालको लागि पैरवी गर्ने आईएचआरसीका जिल्ला जवाफदेहिता अधिकृत सोम बहादुुर गुरुङ्गले बताए ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....