नेपाल पत्रकार महासंघ बांकेको २९ औं बार्षिक उत्सव सम्पन्न

नेपाली पत्रकारितामा योगदान प–ुयाए बापत पत्रकारहरु सम्मानीत

प्रकाशित मिति: २८ माघ २०७४, आईतवार ११:२६  

बाँके २८ माघ/ नेपाल पत्रकार महासंघ बांके शाखाले आईतबार आफनो स्थापनाको २९ औं बार्षिक उत्सव प्रभातफेरी संगै एक समारोह गरेर सम्पन्न गरेको छ ।नेपाल पत्रकार महासंघको पहिलो शाखाको रुपमा बिक्रम सम्वत २०४५ माघ २८ गते गठन भई आफना बिभिन्न कालका स्थापना बर्षहरु पार गर्दै आएको शाखाको पहिलो पटक आईबार नेपालगञ्जमा औपचारीक समारोहको आयोजना गरि बार्षिक स्थापना दिवस मनाएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले बांके शाखामा आवद्ध पत्रकारहरुले बिभिन्न कालखण्डमा राजनितिक परिवर्तन सगै समाजिक, आर्थिक एवम भौतीक बिकासमा खेलेको भुमिका कसैले पनि बिर्सन नहुने बताउदै राजनितिक परिवर्तन राज्यको नयां संरचनामा बन्ने ऐन नियम कानुन प्रेस मैत्री बनाउन दवाब दिनुपर्ने बताउनु भयो ।
बार्षिक दिवसको अवसरमा प्रमुख अतिथिका रुपमा बिचार ब्यक्त गर्ने क्रममा पोख्रेलले नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझ संगठन भएकाले कसैको स्वार्थको भरमा नचल्ने बताउदै बांके शाखाले पहिलो शाखाको रुपमा आफुलाई उभ्याउदै पहिलो पटक स्थापना दिवस मनाएकोमा हार्दिक धन्यबाद दिनु भएको छ । बांके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले राजनितिक परिवर्तनमा बांकेका पत्रकारहरुहको भुमिका अतुलनीय रहेको बताउदै नयां बन्ने ऐन नियम र कानुन प्रेस मैत्रि बनाउनेमा आफनो सकारात्मक भुमिका रहने बताउनु भयो ।
त्यसैगरी बांके क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य आरती पौडेलले नेपाली प्रेस जगतबाट सर्वसाधरण जनता डर भन्दा पनि भर पर्ने गरि काम गरेमा प्रेसको सम्मानको उचाई अझ बढने बिचार ब्यक्त गर्नुभएको छ ।नेपालगञ्ज स्थित संघिय प्रहरी इकाई कार्यालय भेरीका प्रमुख बरिष्ठ परि उपरिक्षक महेश बिक्रम शाहले नेपाल प्रहरी संगठन सत्य,तथ्यमा आधारित समाचारको सधै हितैसी र पक्षपाती रहेको बताउदै मिडियाको सम्मानमा कुनै कमि नहुने बरु आफु पनि गर्भ महासुस हुनेगरेको बिचार ब्यक्त गर्नुभयो । त्यसैगरी स्थपना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएम, नेकपा एमालेका बांके अध्यक्ष अशोक कोइराला,पत्रकार पोषण केसी,जनक नेपाल, इन्सेकका क्षेत्रिय संयोजक भोला महत, पुनराबेदन नेपाल बार एसोसियसनका अध्यक्ष वल बहादुर चन्द, जिल्ला बार एसोसियसनका अध्यक्ष उदयराज बर्मा लगायतका अथिति प्रतिनिधिहरुले सुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा अतिथिहरुबाट नेपाली पत्रकारितामा योगदान प–ुयाए बापत बिभिन्न पत्रकारहरु रुद्र सुबेदी,झलक गैरे, पोषण केसि , जनक नेपाल , निरज गौतम , हेमन्त कर्माचार्य, लियाकत अलि र पन्न्लाल गुप्तलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा बांके शाखाका पुर्व अध्यक्षहरु र बांकेबाट नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा भुमिकाहरु निर्वाह गरिसकेका पत्रकार रहेका छन् ।सो अवसरमा दोस्रो सत्रमा सूचना र मानब अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता बिश्वजित तिवारी र बसन्त गौतमले सुचनाको हक सम्वन्धी अनुशिक्षण प्रवचन दिनुभएको थियो । सो समारोह नेपाल पत्रकार महासङ,बाकेको अध्यक्ष ठाकुरसिङ थारुको अध्यक्षता सम्पन्न भएको थियो ।

Hamrosarchana

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....