लोक दोहोरीलाई अलिपछि पार्न खोज्ने यहाँको समाज छ – गीतकार शरद पाण्डे

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार १७:११  

दाङ्ग जिल्ला, सौडियार घर भइ विगत ६ वर्ष देखी कतारलाई कर्मा थलो बनाउदै आईरहेका शरद पाण्डे नेपाली सांगीतिक क्षेत्रका परिश्रमी गीतकार हुन् । गीत लेखनमा खप्पिस पाण्डेले पछिल्लो समयमा लेखेका गीतहरुले एका–एक नेपाली संगीत बजारको माहोल तताउन थालेको छ ।

पछिल्लो समयमा उनले लेखेको गित झिलीमिली साझको बैलैमा र तीजको गीतहरु बमबम भोले, फेसबुक चल्लने खाले जस्ता बोलको गीतहरुले झनै चर्चा कमाएको थियो । देश होस् या परदेशका छुट्टीको समयमा रमाइलो गर्ने, हर दुःखहरुलाई बिर्सने पाण्डेले हाल सम्म २५ वटा गीतका शब्दहरु कोरी सकेका छन् ।

उनका शब्द्धमा केही एल्बम बजारमा सार्वजनिक भईसकेका छन्, केही एल्वम आउने क्रममा रहेको बताउँछन् । विदेशमा श्रम खर्चेर बचेका समयलाई सहि सदुपयोग गर्ने पाण्डे फुर्सद भएपछि गीत कोर्ने गर्दछन् । कतारमा स्थापन भएको सांगीतक संस्था बसन्त फिल्म प्रा. लीले पनि उनलाई धेरै साथ र सहयोग गरेको बताउने पाण्डे संग एनक्युखबरले गरेको छोटो कुराकानी ।

स्वागत छ यहाँलाई एन्क्युखवरको कुराकानीमा ?
–धन्यवाद ।
सांगितिक क्षेत्रमा कहिलेदेखी लाग्नुभयो? 
–विगत ८/९ बर्ष देखिनै निरन्तरता लागी रहेको छु ।
यो अवधिमा कति उपलब्धी प्राप्त गर्नुभयो कस्तो लाग्छ शरदलाई सांगितिक क्षेत्र ?
–उपलब्धी पाएको छु सबै दर्शक स्रोताहरुको मायाँ अनि साथ छ । हौसला दिने अग्रज ब्याक्तित्वहरु हुनुहुन्छ । र मलाई यो क्षेत्र अहिले सम्मा राम्रो लागिरहेको छ भन्नु प¥यो ।
यो क्षेत्रमा लाग्ने प्रेरण कस्ले दियो ?
–यो क्षेत्रमा मलाई अग्रसर बनाएर अघि बढ्नलाई बसन्त फिल्मस् प्रा ली दोहा काठमाडौंले दियो जसका संरक्षक ईस्वर काफ्ले जि हुनुहुन्छ र यसको श्रेय उहालाई नै जान्छ ।
यो क्षेत्र नै रोज्नुको मुख्य कारण ?
–यो क्षेत्र मेरो सानै देखि लाग्ने सोच / चाहान थियो र म सधै सोच्ने गर्थे म भित्र पनि केही गर्न सक्ने औजारहरु छन र पक्कै सफलता पाउछु भन्ने मेरो आत्मबिस्वास थियो र म निरन्तर लागि रहे ।
सांगितिक औजारहरू कतिको प्रयोग गर्नुभएको छ त?
–मैले आफुले सक्ने सर्वउत्कृष्ट दिएकै छु लाग्छ मुल्यांङ्कन गर्ने दर्शक स्रोताहरुले हो र अहिले सम्म राम्रो प्रतिक्रिय पाइरहेको छुु ।
केही उदाहरणहरू दिन सक्नुहुन्छ दर्शक श्रोताहरूलाई सन्तुष्ट पार्नुभएको सांगितिक माध्यमवाट ?
– थुप्रै गीतहरु छन जुन उहाँहरुले मन पराईदिनु भएकोले सायद त्यसैले होला मैले सिर्जना गाराएका गीतहरु सुन्नलाई आतुर हुनुहुन्छ ।

श्रोता दर्शकहरू तपाईको गीत सुन्न आतुर छन भन्नुभयो तर त्यति चर्चामा आउनुभएको छैन नी ?
–अब चर्चा कति पाए भन्दापनी म एउटा सर्जक हो मैले शब्द लेखेर दिने हो शब्द मा चर्चा पाएको छु गित गाउनेले भिडियो बनाउनेले लापरर्वाही गर्दा शब्द को धजिया उडेको छ केही मात्रामा “ बाकी युटुब मा सर्च गरेर हेर्न मुल्यांकन गरिदिन अनुरोध पनि छ दर्शक स्रोताहरुलाई ।

शब्दनै उत्कृष्ट नभए त दर्शक श्रोताहरूले मन नपराउने हुन होईन र ?

–शब्द नमिठो छ भनेर कतैबाट त्यस्तो कुरा सुनेको छैन शब्द मन नपराईदिने भए सायद शुभ चिन्तक गायक संगीतकारले माग्नु हुने थिएन होला ।

जस्तो हजुरले भन्नुभयो गायक र भिडियो बनाउनेले लापरर्वाह गर्नाले शब्दको धजिया उडेको छ भनेर, थुप्रै गायक गायिका हुनुहुन्छ उहाँहरूलाई लिएर नआउनुको कारण ?

–हुन त म यो क्षेत्रमा ब्यवसाहिक तरिकाले लागेको छैन एउटा खाली समयको सदुपयोग गरे जस्तै हो । र अर्को कुरा चर्चित कलाकारले पनि गायका छन मेरा गीतहरु प्रमोद खरेल स्वरुपराज आचार्य लगाएतका अग्रजहरुले र अर्को कुरा म हर कसैलाइ शब्द पनि दिन्न किनकी विगतमा धेरै चोट खाएको छु मेरा एक दुइटा गीतहरु बिगारेका ताजै जस्तो लाग्छ । र अहिले मैले सृजना गरेका शब्दहरु निशुल्क दिन पनि सक्दिन ।

केही पारिश्रमिक नलिइ शब्द दिन्न भन्नुभयो, यो ब्यावसायिक भएन र?
–मैले तोकेको छैन मनखुसिले दिनुहुन्छ त्यो मेरो मेहेनत पनि हो र ब्यावसायीक भन्न मिल्दैन यसलाई । म प्रवासमा छु जागिर छुट्टै छ अघिनै भनिसके एउटा फुर्सदको समयलाई सदुपयोग अनि मेरो रुचि रहेको हँुदा लागिरहेको छु ।

तपाई प्रवासको क्षेत्रमा हुनुहुन्छ, प्रवासको रोजगार र सांगितिक क्षेत्रलाई एकैसाथ लैजादा कतिको अप्ठयारो हुन्छ त?
–छैन खासै सबैकुरा आफुमा भर पर्छ आफुले चाहाने हो भने समयमा जसरी पनि मिलाउन सकिन्छ र मेरो लागि हप्तामा पाईने एक छुट्टी नै काफी छ ।

यो क्षेत्रमा आबद्ध हुदाँ कम्पनीले कतिको अप्ठयारो पार्ने गरेको छ ?
–कम्पनी सँग कुनै सरोकारको बिषयनै छैन अप्ठ्यारो भन्दापनी बरु सपोर्ट गरेको छ हौसला दिएको छ आवस्यक पर्दा छुट्टी दिएको छ यसैमा पनि म अलि भाग्यमानी र सन्तुष्ट भएको ठान्छु ।

प्रवासमा हुने सांगितिक कार्यक्रमहरूमा कतिको स्थान पाईरहुनभएको छ ?

मैले अघि नै भनी सके म एउटा सर्जक हो गायक बिधामा प्रवेश गरेको छैन त भन्न मिल्दैन एउटा पन्चेबाजा मा पनि गित गायको छु , स्टेजहरु पाईराखेको नपाएको होईन बेला बेलामा पाईरहेको छु र यहाँका दर्शक स्रोताहरु आयोजक समाजसेवीहरेक संघ संस्थाहरु सँग गहिरो सम्बन्ध छ बरु धेरै कार्यक्रमहरु छुट्छन टाईम दिन सकेको छैन ।

अहिले सांगितिक क्षेत्रमा शब्द रचनाकारहरूको विचमा प्रतिस्पर्धा भईरहेको छ, यो भिडमा तपाई प्रतिस्पर्धा नआउनुको कारण ?

प्रतिस्पर्धा मा नआउनु को कारण भन्दापनी म बेस्तानै छु गीतहरु लेख्नमा फेरि बर्षौ देखि गीत लेख्दै आएका गीतकारहरु त सेलाउदैछन नयाँ पिडिका सर्जकहरुले ढाकिसके“ स्ट्रगल गर्दै छु हिजोको दिनमा कस्ले चिन्थ्यो र शरद पाण्डेयलाई ? सुस्त सुस्तै आफ्नो स्थान बलियो बनाउनमा लागिरहेको छु ।

प्रवासमा रहेका नेपाली दाजुभाईहरूले नै नेपाली गीत संगितलाई खासै राम्रो रूपमा लिनुहुन्न, हास्यब्यङ्गलाई नै प्राथमिकता दिनुहुन्छ यस बिषयमा हजुरको धारण ?

–त्यस्तो केही होइन यहाँ हरेक बिधाका कलाकारहरुलाई सह–सम्मान बराबर नै रहेको मैले देख्छु । बरु लोकदोहोरीलाई अलिपछि पार्न खोज्ने यहाँको समाज छ

नेपाली संगितको क्षेत्रमा मनपर्ने १/१ जना गायक÷गायिकाको नाम लिनुपर्दा ?

–प्रमोद दाइ सङ्ग स्वरुराज दाइ सङ्ग काम गरेको छु उहाँहरु दुबैजनालाई कम्प्याएर गर्न नमिल्ने हो तर भन्नै पर्दा म अग्रज दाई स्वरुपराज आचार्य र लोक दोहोरी गायिका बिष्णु माझी भन्न चाहे ।

हजुर कतिको लजालु ?

–एक्दम धेरै

मायालु कतिको हुनुहुन्छ ?

–मायालु पनि छु देख्नेहरुले एक झलकमै मन पराउछन ।

शरद पाण्डेलाई कतिको प्रेम प्रस्ताव आउने गरेको छ त ?

–हा हा हा लामो हाँसो प्रेम प्रस्ताव धेरै आउछन ।

हजुरले मन नै देखी मन पराएको कोही छ कि ?

–छिन एउटी तर धेरै टाढा दुई बर्षमा एक पल्ट मात्र भेट्छु

नाम सार्वजनिक गर्न मिल्छ र ?

–नगरौ होला

अन्तमा केही भन्न चाहानुहुन्छ ?

विशेष धन्यवाद एन्क्यूखबरलाई । जुन अबसर जुटाईदिनुभो र सम्पुर्ण दर्शक स्रोताहरुले शरद पाण्डेयको शब्द सृजनामा रहेका गीतहरु सुनिदिनु होला जति साथ र सपोर्ट पाएको छु यो निरन्तरता पाईराखु । हाम्रोलाई भन्दा राम्रोको मुल्यांकन गरेर प्रोत्साहन स्थान दिनुहोला

प्रस्तुती : सुवास लामिछाने (एनक्यूखबर)

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....