कतारवासी तमूहरुको सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न–अध्यक्षमा हरीकाजी

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार २०:०८  

बुधबल गुरुङ, कतार । तमू (गुरुङ) समाज कतारद्धारा सञ्चालित तमू बचत तथा ऋण सहकारी संस्था लि.कतारले ७ अप्रील २०१७ का दिन नयाँ  सञ्चालक समिति गठन गर्दै चौथो साधारण सभा सम्पन्न गरेको छ । “ परिश्रमको कमाई बचत गर्ने र बचत रकमको सही ब्यवस्थापन साथै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने हाम्रो प्रयास ” भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी तमू ९गुरुङ० समाज कतारका प्रमुख संरक्षक बिल बहादुर गुरुङ रहेको थियो भने समितिका अध्यक्ष बुधबल गुरुङको सभापतित्वमा यस साधारण सम्पन्न भएको थियो ।

नयाँ सञ्चालक समिति गठन 

साधारण सभाले हरीकाजी गुरुङको अध्यक्षतामा १३ सदस्यीय नया सञ्चालक समिति पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा नर बहादुर गुरुङ, कार्यकारी सचिवमा खुशीमान गुरुङ, कोषाध्यक्षमा धनराज गुरुङ रहेका छन् । त्यसै गरी सदस्यहरुमा मीन बहादुर गुरुङ, रन बहादुर गुरुङ, भाईकाजी गुरुङ, पम बहादुर गुरुङ, मदन गुरुङ, टौमाया गुरुङ, मन प्रसाद गुरुङ, बल बहादुर गुरुङ र पुरन गुरुङ रहेका छन् । तमू ९गुरुङ० समाज कतारका अध्यक्ष रस गुरुङले प्रस्ताव गरिएको नामहरुलाई शेयर होल्डर सदस्यहरुकोे सर्वसम्मति निर्णयले पारित गरिएको थियो । त्यसै गरी सोही सभाले बुधबल गुरुङको संयोजकत्वमा बुद्ध गुरुङर कृष्ण गुरुङरहेको लेखा समिति पनि गठन गरिएको थियो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष बुधबल गुरुङले तमु बचत ऋण सहकारी संस्था लि। कतारको आ.व. २०१५/०१६ को आर्थिक प्रतिवेदन र तमू ९गुरुङ० समाज कतारद्धारा प्रबर्दित आशिमला“ गेष्ट प्यालेश काठमाण्डौं नेपालको आ.व. २०७२ /०७३ आषाढ मसान्त सम्मको आर्थिक प्रतिवेदनलाई साधारण सभाले सर्व सम्मतिले पास गरिएको थियो ।

त्यसै गरी सोही भेलाले आशिमला“ गेष्ट प्यालेश कार्य सञ्चालन नियमावली २०१५ पहिलो संशोधनलाई सर्व सम्मतले पारित गर्दै बिल बहादुर गुरुङको संयोजकत्वमा नया“ सञ्चालक समितिको पनि गठन गरेको छ । जसमा सदस्यहरुमा बुधबल गुरुङ, जगन गुरुङ, रस बहादुर गुरुङ, पूर्ण गुरुङ, मदन गुरुङ र खेम गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....