विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु निर्यात

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार ०४:०६  

मोरङ –  विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको निकासी पैठारी गरेको हो ।

सबैभन्दा बढी अलैँची निकासी भएको छ । रु साढे चार अर्बको अलैँची नेपालबाट विदेश निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । सबैभन्दा कम रु ९६ हजार बराबरको सुँगुर तथा अन्य जनावरको छाला निकासी भएको छ । पुराना लुगाफाटादेखि लिएर नयाँ गार्मेन्टका कपडा भारत निकासी भएको छ । निर्यात कम र आयात बढी हुनु मुलुककै समस्या भएको भन्सार एजेन्ट राजेश बोहोराको भनाइ छ ।

भूकम्प र नाकाबन्दीले थिलथिलो भएको बेला समग्र देशको आर्थिक वृद्धिदर वृद्धि हुनु सकारात्मक रहेको अर्थविद् डा अर्जुन बरालको भनाइ छ ।

नेपालमा आयात बढी तर निकासी कम हुन्छ । सामान्य सियोदेखि खाने चामलसम्म आयात हुन्छ । तर आफ्नो देशमा उत्पादन कम हुने भएकाले निर्यात कम र आयात बढी हुने गरेको हो । त्यसैले आयात घटाउन र निर्यात बढाउन स्वदेशी उत्पादनमा जोड दिन आवश्यक छ ।

रासस

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....