एसइई दिएका परीक्षार्थीलाई चन्द्रगिरि केबलकार चढ्न छुट

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार १७:२७  

चिसाङ शेर्पा, काठमाडौ । माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँमा चन्द्रगिरि केबलकार चढ्न पाउने भएका छन् । शैक्षिक सत्र २०७३ को (एसइई) परिक्षा दिएका विधार्थीहरुले थानकोटस्थित चन्द्रागिरि केबलकारको कार्यलयवाट यो छुट व्यवस्था पाउने भएको हो ।
बैशाख मसान्तसम्म चल्ने उतm सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको दिएको प्रवेश पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने छ ।
टिकटमा छुट सुविधालिने परीक्षार्थीहरुले अन्य कुराहरुमा भने छुट नपाउने चन्द्रागिरिहिल्स लिमिटेडले जनाएको छ । ऐतिहासिक,धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर,सत्तल,भ्यू टावर,चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....