सीमामा काँडेबार लगाउँछौ भन्ने साहसी नेताई मात्रै चुनाबमा जिताऔँ : काँडेबार अभियन्ता नवल खड्का

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार १८:३६  

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली भूमिमै छिरेर कञ्चनपुरका गोविन्द गौतमको हत्या गरेपछि नेपाल भारत सीमामा पर्खाल लगाउनु पर्ने विषयले चर्चा पाएको छ। यसै सन्दर्भमा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले अहिले नेपाल भारत सीमामा काँडेतार पर्खाल लगाउनु पर्ने अभियान नै चलाएका छन्। नेपाली भूमिमा भारतीय ज्यादती रोक्न केही हदसम्म यो अभियान सार्थक हुने उनी बताउछन्।

गोविन्द्र गौतमका परिवारको अवस्था देखेर भावविह्वल

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमलाई श्रद्धाञ्जली दिन घरमा पुग्दा उहाँको परिवारको आर्थिक अवस्था देखेर भावविह्वल भयौँ । त्यसपछि त्यहाँ पुगेका सबै साथीसँग भएको रकम जम्मा गरेर उहाँको परिवारलाई सहयोग गर्यौँ । त्यहाँ राजनीतिक दलका कोही पनि व्यक्ति पुग्नु भएको रहेन छ। हाम्रो सहयोगपछि अन्य सहयोग पनि विस्तारै प्राप्त हुँदै गयो।

सीमा क्षेत्रको पीडा नजिकबाट नियाल्ने मौका पाएको छु

चलचित्र दसगजा निर्माणका क्रममा त्यहाँको समस्या नजिकबाट बुझने मौका पाए। नेपाली भूमिमै छिरेर भारतीयले गरेको हर्कत यती पीडा दायी छ त्यो शब्दमा व्यक्त गर्नै सकिदैन्। त्यहाँका जमिनहरु मिच्ने, नेपाली चेलीमाथि बलात्कार गर्ने, पशुपन्छी तथा राम्रा बस्तुहरु लुटेर लैजाने, नेपालीभूमिलाई डुबानमा पार्न पानी छोडिदिने जस्ता समस्या सीमा क्षेत्रका स्थानीयले पाएका छन्। त्यस्ता समस्या रोक्नका लागि अहिलेसम्म कसैको ध्यान जान सकेको छैन्। त्यसैले त्यस्ता समस्या र आतंकवादी गतिविधि रोक्न काँडेतारको अभियान ल्याएको हौँ । यसमा म मात्रै हैन परदेशमा रहनु भएका दाजु भाइको अतुलनिय समर्थन रहेको छ।

सही मुद्दाको अभियान अवस्य पुरा हुन्छ

सीमा क्षेत्रमा भएका अमानविय अतिविधि रोक्न मेक्सीको जस्ता देशले त्यो काम गर्न हुन्छ भने हाम्रो नेपालले पनि गर्न मिल्छ । सीमा क्षेत्रका नागरिकको सुरक्षाका लागि यो मुद्दा आवस्यक छ। यो अभियानलाई जनतासामु लिएर गयौँ भने नेपाली भूमिको रक्षाका लागी जो कोहीले पनि सक्दो सहयोग गर्ने छन्। यो अभियानलाई कसरी अगाडि लैजाने भन्ने बाटो पैदा हुन सकेको छैन । त्यसको पनि समाधान हामीले खोजिरहेका छौँ।

काँडेतार अभियानमा कानुनी जटिलता

हामीले अहिले चलाएको अभियानमा कानुनी जटिलता छन्। सन् १९५० को सन्धीको एउटा बुँदामा नेपाल र भारतबीचको सीमाना खुल्ला रहने कुरा उल्लेख गरिएको छ। त्यस्ता गलत बुँदालाई परिमार्जित र पुन लेखन गर्नु पर्ने माग नेपालीहरुले लामो समयदेखि नै राख्दै आएका छन्। त्यसमा सरकारको ध्यानाकर्षक गराउन र त्यो कामका लागि सरकारसँग रकम अपुग भएमा जनताले नै खर्च जुटाइदिन तयार छौँ भन्ने माग सहित हामीले यो अभियान सञ्चालन गरेका छौँ । हामी आफैँले गर्दा कानुनी जटिलता हुने भएकाले सरकारलाई दबाद दिएरै भएपनि हामीले यो अभियान पुरा गराएरै छोड्छौँ । सरकार आफूले पुरा गर्न सक्दै भने जनताका लागि कानुनी बाटो खुल्ला गरिदेओस् । त्यो काम जनताबाटै हुन्छ।

सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिले दुबै देशलाई असर पुग्छ

नेपाल भारत सीमा क्षेत्रमा हुने लागुऔषध ओसार पसार, मानव बेचबिखन, आतंकवादी गतिविधि, तस्करी जस्ता अपराधिक गतिविधिले नेपाल मात्रै हैन भारतलाई पनि ठूलो असर पर्छ । त्यसैले यो काम सफल हुँदा भारतलाई पनि सहयोग पुग्छ। एकतर्फी मात्रै नभएर दुबै देशको फाइदाका लागि यो अभियाले सहयोग पुर्याउने छ। नेपाल सरकारले चौतर्फी दबाब दिएमा भारतले यो काममा दबाब दिन सक्दैन्। हाम्रो निर्णयमा सहमति हुन बाध्य हुने छ।  डिसीनेपालबाट साभार 

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....