आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा विस्तार

प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार १५:३२  

रवि रोषी, चितवन । भाटभटेनी मुख्य कार्यालय रहेको आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा चितवनको जयमंगला बजारमा पनि सञ्चालनमा आएको छ । आइसिएफसि फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले आज जयमंगला बजारको केन्द्रमा रिबन काटी विधिवत रुपमा समुद्घाटन गरेका थिए ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका अन्तर्गत जयमंगला दोश्रो मुख्य बजारको रुपमा स्थापित भएको र यहाँ कृषि तथा विभिन्न व्यापार व्यवशायहरु तिव्र गतिमा फष्टाउँदै गएको हुनाले विभिन्न प्रकृतिको बैंकिङ सेवा प्रदान गर्ने हेतुले आइसिएफसि फाइनान्स खोलिएको जयमंगला शाखाका शाखा प्रमुख अमृत घिमिरेले बताए ।
आइसिएफसि फाइनान्स लिमिटेडले सञ्चालनको सुरुवाती दिनबाट नै एटिएम सेवा, एसएमएस बैंकिङ सेवा, एविविएस लकर सेवा, होल्डिङ काउन्टरको साथै अन्र्तदेशीय तथा विदेशबाट प्रभु मनि, आईएमई एक्सचेन्ज लगायत जुनसुकै सेवा प्रदायक रेमिट्यान्स कम्पनीबाट विप्रेषण गरी पठाइएका रकम पनि सजिलै संग तत्काल भुक्तानी दिने सेवा पनि सञ्चालन भईसकेको कुरा शाखा प्रमुख घिमिरेले बताए ।
यसको अलावा आइसिएफसि फाइनान्स लिमिटेडले कृषि कर्जा, ब्यापार कर्जा, विपन्न बर्गका लागि दिइने विशेष कर्जाको साथै रियल स्टेटका लागि पनि लगानी गर्ने नीति लिएर आएको बताए ।
थप सेवा अन्तर्गत यसले सर्वसाधारण सबैका लागि सुपर सेभिङ, विजनेश सेभिङ, केटाकेटी बचत, नारी बचत, युवा बचत र आइसिएफसि विशेष बचत पनि लिएर आएको घिमिरेले बताए ।
६ अरब ५० करोड चालु पूँजी रहेको आइसिएफसि फाइनान्स लिमिटेडको आर्थिक बर्षको लागि ६ अरब लगानी पूँजी नीति रहेको पनि घिमिरेले बताए । काठमाण्डौं लगायत स्यांग्जा, बुटवल, भैरहवा, कपिलवस्तुको ओडारी, चितवनको जयमंगलामा विस्तार गरिसकेको शाखाले पूर्वी चितवनको खुरखुरेमा पनि आजकै दिनमा १४ औं शाखा विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....