उड्ने भयो हिमालय एअरलाईन अप्रिल २८ देखि युएई–काठमान्डौ

नेपालदेखि युएई सिधा उडान गर्ने हिमालयन पाँचौ एयरलाइन्स

प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार १६:२९  

रामप्रसाद ढुंगेल, युएई । हिमालय एअरलाइन्सले आगामी अप्रिल २८ देखि युएई–काठमाडौ दैनिक उडान गर्ने भएको छ । नेपालदेखि युएई सिधा उडान गर्ने हिमालयन पाँचौ एयरलाइन्स हो । यसअघि युएईको सारजहा र रास अल खेमाबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई र नेपाल एअरलाइन्स साथै अबुधाबीबाट इत्तेहाद एअरलाइन्सले काठमार्डौको सिधा उडान भरिरहका छन् ।

हिमालयन एयरलाइन्सको युएईका लागि टिकटको आधिकारिक विक्रेता एजेन्सी ग्रिनलाइन गुफ अन्तर्गतको फिस्टेल ट्राभलले अप्रिल १८ मा दुबईमा पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको हो । फिस्टेल ट्राभलको तर्फबाट बालकृष्ण खड्का र सूर्य गिरीले हिमालय एअरलाइन्सको युएई उडानको बारेमा जानकारी गराएका हुन् । हिमालयन एअरलाइन्सले हरेक दिन काठमाडौदेखि दुबईमा रहेको अलमक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेछ ।
हरेक आइतबार, सोमबार, बिहीबार, शुक्रबार र शनिबार बिहान नेपालको समय अनुसार १०ः४० मा काठमाडौबाट उडने र युएईको समय अनुसार दिउँसो १३ः२५ मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो १४ः२५ मा उडने र काठमाडौंमा बेलुका २०ः२० अवतरण गर्नेछ । त्यसैगरी मंगलबार र बुधबार नेपालको समय अनुसार ११ः२५ मा काठमाडौंबाट उडने र युएईको समय अनुसार दिउँसो १४ः४० मा अतवरण हुनेछ भने युएईबाट सोही दिन दिउँसो १५ः१० मा उडने र काठमाडौंमा राति २१ः०५ अबतरण गर्ने उडान तालिका रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त एअरलाइसमा यात्रा गर्ने यात्रुले ३० केजी लगेज र ७ केजी हाते ब्याग निःशुल्क लान सकिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उडानको क्रममा यात्रुहरुलाई खाना तथा पानीको पनि व्यवस्था रहेको छ । तत्कालका लागि युएईदेखि काठमाडौंसम्मको एकतर्र्र्फी भाडा ४ सय ८० दिराम्स र दुइतर्र्फी भाडा ९ सय ०५ दिराम्स रहेको ग्रिनलाइन गु्रपका निर्देशक बालकृष्ण खड्काले अनलाइनखबरलाई बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली ट्राभल सञ्चालकहरुले नेपालीहरुलाई नेपाली एअरलाइन्सबाटै यात्रा गर्ने वातावरण बनाउन सहकार्य गर्नुपर्ने र एयरलाइन्सहरुले प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिएका थिए ।
युएईका लागि उडान गर्ने विमानमा ८ बिज्नेस क्लाससहित १ सय ५८ यात्रुले उडान गर्न सक्नेछन् । हिमालय एअरलाइन्सले अहिले कतार, मलेसिया, म्यानमारमा उडान गरिरहेको छ ।
गत अगस्ट १९ देखि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले पनि दुबई–काठमाडौंको सिधा उडान गरिरहको छ । हिमालयन एअरलाइन्सको उपस्थितिसँगै नेपाली एअरलाइन्सको संख्या दुई पुगेको छ । विमान संख्या बढेसँगै विमान कम्पनीहरुबीच सेवा सुविधा बडाउने चुनौतीहरु थपिदै गएका छन भने यात्रुहरुले थप सुविधाहरु पाउने र विकल्प रोज्दै सस्तो शुल्कमा यात्रा गर्न पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....